नेपाल समाजवादी पार्टी

अबको राष्ट्रको संकल्प — नयाँ समाजवादी विकल्प

समुन्नत समाजवाद’द्वारा निर्देशित शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिँदै — उज्यालो समतामूलक भविष्यको निर्माण

नेपाल समाजवादी पार्टीको ५ ‘स’

समतामूलक समृद्धि

हामीले अहिलेसम्म राजनीतिक अधिकारको लडाईं लड्यौं । तर देश अझै पनि गरीबी, बेरोजगारी र परनिर्भरताको सांग्लोले बाँधिएको छ । त्यो सांग्लो चुँडाल्नु र देशलाई अन्तरनिर्भर विकास र समृद्धिको शिखरमा पुर्‍याउनु अबको हाम्रो मुख्य कार्यभार हो । विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा पुर्‍याएर समतामूलक समृद्धि हासिल गर्नु हाम्रो दायित्व हो । हामी फोस्रा नारा र भाषणमा हैन जीवन व्यवहारमा समृद्ध र समतामूलक नेपाल बनाउनेछौं । उर्जाशील दिमाग र कर्मशील हात भएका युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्नेछौं ।

समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र

हामी लोकतन्त्रलाई औपचारिक वा कर्मकाण्डी हैन, वास्तविक लोकतन्त्र बनाउन चाहन्छौं । त्यसनिम्ति हामीले पार्टी र राज्यका निकायहरुमा मधेशी–थारु, आदिवासी/जनजाति र खस–आर्य तथा महिला र दलितको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नेछौं । पार्टी र राज्यको अति–केन्द्रिकृत ढाँचाको अन्त्य गर्दै प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्नेछौं । एक व्यक्ति, एक कार्यकारी पद र एक कार्यकारी पद, अधिकतम दुई कार्यकालको व्यवस्था कडाइपूर्वक लागु गर्नेछौं । हामी लोकतन्त्रलाई सिंहदरबारभित्र कैद गर्ने हैन जनताको घर–दैलोमा पुर्‍याउनेछौं ।

सुशासन/सदाचार

आज देशमा भ्रष्टाचार महामारी झैं फैलिएको छ । पार्टी र राज्यका सबै निकाय यो महामारीबाट ग्रस्त छन् । निष्ठावान व्यक्तिहरु र आदर्शवान युवाहरु राजनीतिबाट विमुख हुँदै गइरहेका छन् । यसको अन्त्य गरेर भ्रष्टाचारमुक्त सुशासनको प्रत्याभूति गर्नु तत्काल हाम्रो मुख्य कार्यभार हो । आर्थिक कारोबारमा पारदर्शिता र विधिको शासनको पालना गर्नु हाम्रो प्रमुख पहिचान हुनेछ । अनि मात्र आर्थिक प्रगतिको ढोका खुल्नेछ ।

समुन्नत समाजवाद

हामी ज्ञान, विज्ञान र विचारको निरन्तर विकास हुने कुरामा विश्वास गर्छौं । त्यसैले विगतका कुनै रुढ विचार वा वादमा टाँसिइरहनुपर्छ भन्ने मान्यता राख्दैनौं । मानव जातिले आविष्कार गरेका पछिल्ला ज्ञान र विज्ञानलाई अंगिकार गरेर निरन्तर अगाडि बढिरहन्छौं । एक्काइसौं शताब्दीको आवश्यकता र नेपालको विशिष्ठता अनुरुप एक वाम–लोकतान्त्रिक शक्तिको रुपमा संगठित हुँदै समुन्नत समाजवादको दिशामा अघि बढ्नेछौं । तत्काल उद्यमशील राष्ट्रिय पूँजीको विकासमा जोड दिँदै व्यक्तिको निजत्व प्रस्फुटित गर्ने समुन्नत समाजवादको आधार तयार गर्नेछौं ।

स्वाधिनता/सार्वभौमसत्ता

दुई शक्तिशाली मुलुकहरुको बीचमा रहेको हाम्रो देशलाई आजसम्म हामीले ‘दुई ढुंगाबीचको तरुल’ मान्दै आयौं । तर अब हामी दुई देशबीच थिचिएको तरुल हैन, ‘दुई विशाल बजारबीच फैलिएको गतिशील पुल’ बन्न सक्छौं । दुई छिमेकीको तीब्र आर्थिक विकासलाई हाम्रो देशको हितमा परिचालित गर्न सक्छौं । गरीब र परनिर्भर रहेसम्म हाम्रो स्वाधीनता र सार्वभौमसत्ता संकटमा परिरहनेछ । त्यसैले अब आन्तरिक राष्ट्रिय एकता र आर्थिक समृद्धिमा आधारित प्रगतिशील राष्ट्रवादको पक्षपोषण गरौं । सबै देशसँग पारदर्शी र मर्यादित सम्बन्ध कायम गरौं ।

मिडिया

Play Video
‘विचारलाई जीवन दिन राजनीतिक संस्था चाहिन्छ’
आज, २०८० चैत ७ बाट हामी लालटिन गफको औपचारिक प्रसारण गर्दैछौँ । हामीले लालटिन गफमा ६ वटा विभिन्न राजनीतिक दलका ६ जन...
Play Video
संविधान, व्यवस्था, नेताप्रति बढिरहेको आक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्छ : ...
नेपाली कांग्रेसले सोमबार आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा डा.भट्टराईको सम्बोधन l
Play Video
हिन्दु प्रभुत्वको भारतीय दर्शन नेपालको व्यवस्थाका लागि खतरापुर्ण छ : डा भट...
हिन्दु प्रभुत्वको भारतीय दर्शन नेपालको व्यवस्थाका लागि खतरापुर्ण छ : डा भट्टराई

देश विकास र समुन्नतिका लागि आजै नयाँ सामाजिक परिवर्तनको
सदस्य बन्नुहोस्!

ब्लग

अब आँखा खोलौं

राजनीतिक जागरूकताका लागि, देशको भविष्य तपाईंको हातमा छ

समाचार र सूचनाहरू

Screenshot 2024-01-14 at 13.36.57

nepal_samaj

जनवरी 14, 2024

नेपाल समाजवादी पार्टी – आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन

नेपाल समाजवादी पार्टीको आर्थिक वर्ष २०७९/८० का लागि २०८० असार मसान्तसम्मको सम्पूर्ण विवरण सहितको आर्थिक लेखा परिक्षण सम्पन्न भएको छ ।
बारामा नेपाल समाजवादी पार्टीको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न

जनवरी 22, 2024

केन्द्रीय समिति र कार्यकारिणी समिति बैठक

नोभेम्बर 29, 2023

नेपाल औद्योगिक महासंघ बागमती प्रदेशको बैठक आज बस्दैछ

अक्टोबर 2, 2023

हाम्रो प्रतिनिधि सभाका सदस्य

Parliament Member

उमरावतीदेवी यादव

Parliament Member

महेन्द्र राय यादव

सकारात्मक राजनीतिक परिवर्तनको आन्दोलनमा लागौँ । हामी सधैँ निष्पक्षता, न्याय र प्रगतिको पक्षमा छौँ ।सुन्दर भविष्यलाई आकार दिन तपाईँको आवाज महत्वपूर्ण छ ।आउनुस्, सुनाउनुस् तपाईंको आवाज !

 

असल राजनीतिको हाम्रो अभियानको एक महत्वपूर्ण अंश बन्नको लागि अहिले दर्ता गर्नुहोस् । तपाईँको आवाजले राष्ट्रको भविष्य निर्माण गर्नेछ । परिवर्तनको लागि उत्प्रेरक बन्नुहोस् ।

असल राजनीतिमार्फत् समाजलाई निरन्तर प्रगतितर्फ लैजाने हाम्रो मिसनलाई समर्थन गर्नुहोस् । तपाईँको समर्थनले अझ समावेशी र थप उज्यालो भविष्य निर्माणका लागि योगदान गर्न ऊर्जा मिल्नेछ । आउनुहोस्, हामीसँग हातेमालो गर्नुहोस् ।

हाम्रा केन्द्रिय पार्टी सदस्यहरू

Skip to content